राजनीति


सरकारले खबरदारी सुनेन भने संसदको विशेष अधिवेशन बोलाउँछौँ : प्रचण्ड

सरकारले खबरदारी सुनेन भने संसदको विशेष अधिवेशन बोलाउँछौँ : प्रचण्ड

फाइल फोटो


नेपालखबर
मंसिर १३, २०८१ बिहिबार १६:५१, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई असंवैधानिक तवरले प्रधानमन्त्रीबाट हटाइएको बताएका छन्।

कीर्तिपुरमा भएको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सरकार जनताका विरुद्ध गए आन्दोलनमा जाने चेतावनी दिए।

‘प्रधानमन्त्रीबाट त मलाई असंवैधानिक र अलोकतान्त्रिक तवरबाट हटाइएको छ। तर, मलाई नेपाली जनताप्रति विश्वास छ, यो असंवैधानिक र अलोकतान्त्रिक निरङ्कुश कदमका विरुद्ध नेपाली जनताले आफ्नो फैसला सुनााउनेछ,’ उनले भने, ‘त्यसको निम्ति जरुरी पर्‍यो भने हामी फेरि एउटा नयाँ अभियान, जरुरी पर्‍यो भने नयाँ आन्दोलनमा पनि हामी जानेछौँ।’

सरकारले आफूहरूको खबरदारी नसुने संसदको विशेष अधिवेशन बोलाउने पनि प्रचण्डले बताए।

उनले भने, ‘मैले प्रतिनिधि सभामा विश्वासको निम्ति वक्तव्य दिँदै गर्दा प्रतिपक्षीहरूले खबरदारी गर्दै गर्दा, यदि सरकारले सुनेन भने प्रतिनिधि सभाको विशेष अधिवेशन बोलाउन प्रतिवद्ध छौँ।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad