डेडिकेटेड फिडर र ट्रंकलाइनबाट विद्युत् उपभोग गरी महशुल नतिर्ने उद्योगको आईपीओ निष्काशन तथा सेयर खरिदबिक्री रोक्न नेपाल विद्युत् प्राधिकरणले पठाएको सिफारिस पत्र धितोपत्र बोर्डले दर्ता गरेको छ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बक्यौता नतिर्ने उद्योगलाई सेयर कारोबारमा रोक लगाउन माग गर्दै पत्र पठाएका हुन्।
बोर्डले बिहीबार प्राधिकरणको पत्र बुझेको हो।
तर यता नेपाल राष्ट्र बैंकले भने पत्र नबुझेको अभिव्यक्ति दिएको छ।
बैंकका सहप्रवक्ता डिल्लीराम पोखरेलले पत्र नआएको उल्लेख गरे। यता धितोपत्र बोर्डमा भने पत्र हिजै पुगेको थियो। जसअनुसार बोर्डले आज कार्यालय खुलेपछि पत्र बुझेको छ।
स्रोतका अनुसार बोर्डले आईपीओ निष्काशनमा रहेको भए रोक्ने तयारी गरेको छ।
घिसिङले बुधबार नै महशुल नतिर्ने ३४ वटा उद्योगको बैंक खाता रोक्का गर्ने तथा आईपीओ निष्काशनको पाइलाइनमा भए सो पनि रोक्का गर्न नेपाल राष्ट्र बैंक र नेपाल धितोपत्र बोर्डलाई पत्राचार गरेका थिए।
यो पनि-
Shares

प्रतिक्रिया