राजनीति


अब अल्याङटल्याङ गर्ने समय छैन, काम गर्न नसक्ने मन्त्रीको समीक्षा गर्नुपर्छ : प्रधानमन्त्री ओली

अब अल्याङटल्याङ गर्ने समय छैन, काम गर्न नसक्ने मन्त्रीको समीक्षा गर्नुपर्छ : प्रधानमन्त्री ओली

नेपालखबर
मंसिर १२, २०८१ बुधबार १८:५६, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यसम्पादन प्रभावकारी नभएका मन्त्रीलाई कारबाहीको चेतावनी दिएका छन्।

चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको प्रथम त्रैमासिकको समीक्षा बैठकमा प्रधानमन्त्री ओलीले सोचे जति काम नभएकाले विद्यमान स्थितिमा परिवर्तन ल्याउनैपर्नेमा जोड दिए। अहिलेको कार्यशैलीमा परिवर्तन गर्न भन्दै उनले कार्यसक्षमता नभएका मन्त्रीको पनि समीक्षा हुने बताए।

उनले अब अल्याङटल्याङ गर्ने समय नरहेकाले कुनै मन्त्रीको कार्यसक्षमता प्रभावकारी नभएमा त्यसमा पनि समीक्षा गर्नुपर्ने र कर्मचारीले उत्साहका साथ काम गर्नुपर्नेमा जोड दिए।

प्रधानमन्त्री, मन्त्री र सचिवले सकारात्मक परिणामका लागि आफ्नो ठाउँबाट हस्तक्षेप गर्नुपर्ने र काम नगर्ने कर्मचारीलाई सरुवा मात्रै नगरेर कारबाहीसमेत गर्नुपर्ने उनको धारणा थियो।

प्रधानमन्त्री ओलीले सरकारका उपलब्धिहरू मानिसका व्यवहारमा देखिनुपर्ने भएकाले समीक्षा र बैठकहरूले मात्रै परिणाम नदिने भएकाले उत्पादन र परिवर्तनमा केन्द्रित हुन निर्देशनसमेत थिए।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार भएको बैठकमा उपप्रधानमन्त्रीहरू, मन्त्रीहरू, राष्ट्रिय योजना आयोगका पदाधिकारी, मुख्यसचिव र सचिवहरूको उपस्थिति थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad