ग्लोबल


६ जनाको ज्यान गएपछि इमरान खानका समर्थकले रोके आन्दोलन

६ जनाको ज्यान गएपछि इमरान खानका समर्थकले रोके आन्दोलन

नेपालखबर
मंसिर १२, २०८१ बुधबार १९:६, काठमाडौँ

पाकिस्तानमा पूर्वप्रधानमन्त्री इमरान खानका समर्थकहरूले अस्थायी रूपमा आफ्नो आन्दोलन स्थगन गरेका छन्।

पाकिस्तानमा इमरानको पार्टी तहरिक-ए-इन्साफ (पीटीआई) का कार्यकर्ता र समर्थकले उनको रिहाइ माग गर्दै केही दिनदेखि विरोध प्रदर्शन गरिरहेका थिए। उनीहरूले इमरान रिहा नभएसम्म इस्लामावाद नछाड्ने र पछि नहट्ने अडान राखेका थिए।

यस क्रममा इमरानका कार्यकर्ता/समर्थकले मंगलबार प्रहरीको ब्यारिकेड तोडेका थिए। त्यसपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो।

इमरान खानको रिहाइका लागि भएको आन्दोलनमा हालसम्म ६ जनाको ज्यान गइसकेको छ।

मृत्यु हुनेमा चार सुरक्षाकर्मी र दुई सर्वसाधारण छन्।

पीटीआईले बुधबार विज्ञप्ति जारी गरी भनेको छ, ‘सरकारको क्रूरताका कारण विरोध प्रदर्शन अस्थायी रूपमा स्थगन गरिएको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad