राजनीति


युवालाई उत्पादनशील क्षेत्रमा लगाउन नसके विदेशिने क्रम अझ बढ्छ : देउवा

युवालाई उत्पादनशील क्षेत्रमा लगाउन नसके विदेशिने क्रम अझ बढ्छ : देउवा

नेपालखबर
मंसिर १२, २०८१ बुधबार १७:१८, काठमाडौँ

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले युवालाई दक्षताअनुसारको रोजगारी दिनुपर्ने बताएका छन्।

छैटौँ एशियाली जनसङ्ख्या सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले विश्वको ६० प्रतिशत जनसंख्या रहेको दक्षिण एशियाका राष्ट्रहरूले युवाहरूलाई उनीहरूको दक्षता अनुसारको व्यवस्थापन गर्नु जरुरी रहेको बताए।

उनले युवाहरूलाई उत्पादन गर्ने क्षेत्रमा नविन आविष्कारसहितको उद्यमशिलतामा लगाउन नसके विदेशिने क्रम अझै बढ्ने बताए।

सभापति देउवाले भने, ‘विश्वको ६० प्रतिशत जनसंख्या रहेको साउथ एशियाका राष्ट्रहरूहरूले युवाहरूलाई उनीहरूको दक्षता अनुसारको व्यवस्थापन गर्नु जरुरी रहेको छ। यदि हामीले युवाहरूलाई उत्पादकत्व क्षेत्रमा नविन आविष्कार सहितको उद्यमशिलतामा लगाउन सकेनौँ भने अवसरको खोजीमा विदेशीने खतरा रहेकाले हाम्रा योजना र प्राथमिकता त्यसतर्फ केन्द्रित हुनु जरुरी छ।’

उनले बढ्दो जनसंख्याका लागि आवश्यक पर्ने साधन र स्रोतको अपर्याप्तताका बाबजुत युवाहरूलाई विदेशीनबाट रोकेर उत्पादकत्व क्षेत्रमा लगाउन आवश्यक भएको उल्लेख गरे। प्रजनन स्वास्थ्यमा नेपालले दिगो विकास लक्ष्यलाई प्राप्त गर्न सफल भएको पनि सभापति देउवाले बताए।

सभापति देउवाले जलवायुजन्य असरले पार्ने प्रभाव र दक्ष जनशक्ति प्रयोगका सम्बन्धमा सम्मेलनले मार्गनिर्देश गर्ने विश्वास व्यक्त गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad