गृहजिल्ला गोरखा पुगेका नेसपा (नयाँ शक्ति) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई किसानहरुसँगै धान झार्ने काममा सहभागी भएका छन्।
गोरखा नगरपालिका- ५ नांग्लेपानीमा किसानहरुसँग सहभागी भएर भट्टराईले धान झारेका हुन्। उनले मंगलबार सामाजिक सञ्जालमा धान झार्दै गरेको तस्बिर पोस्ट गरेका छन्।
भट्टराई सोमबार गृहजिल्ला गोरखा गएका हुन्। भट्टराईको जन्मस्थान गोरखाको खोप्लाङ हो। खाेप्लाङ हाल पालुङटार नगरपालिकामा पर्छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमणका विषयमा सोमबार बोलाएको पूर्वप्रधानमन्त्रीहरुको बैठकमासमेत भट्टराई सहभागी भएका थिएनन्।
उनी बैठकमा सहभागी नभइ गोरखा गएका थिए।
भट्टराईले आफू गृहजिल्ला गोरखा जान लागेकाले चीन भ्रमणका सन्दर्भमा प्रधानमन्त्रीले बोलाएको परामर्श बैठकमा सहभागी हुन नसक्ने जवाफ ओलीलाई पठाएका थिए।
हेर्नुहाेस् तस्बिर



Shares

प्रतिक्रिया