राजनीति


नेपाल प्रहरीका ८ एसएसपी डीआईजीमा बढुवाका लागि सिफारिस

नेपाल प्रहरीका ८ एसएसपी डीआईजीमा बढुवाका लागि सिफारिस

नेपालखबर
मंसिर १०, २०८१ सोमबार ०:५१, काठमाडौँ

नेपाल प्रहरीका ८ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवाका लागि सिफारिस भएका छन्।

आइतबार बेलुका बसेको बढुवा समितिको बैठकले जनपदतर्फ रिक्त ८ डीआईजीमा बढुवाका लागि सिफारिस गरेको बढुवा समितिका सदस्य सचिव एआईजी टेकप्रसाद राईले जानकारी दिए। 

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरको ब्याचका तीन जना र राष्ट्रिय अनुसन्धान विभागमा भर्ना भएर पछि नेपाल प्रहरीमा ल्याइएको टोलीबाट ५ जना डीआईजीमा बढुवा भएका हुन्। 

यसपटक डीआईजी बढुवा भने वरिष्ठताक्रमअनुसार भएको छ। आईजीपी कुँवरको ब्याचका ध्रुवबहादुर राउत, भोलाबहादुर रावल र गणेश चन्दलाई क्रमशः पहिलो दोस्रो र तेस्रो नम्बरमा बढुवाका लागि सिफारिस गरिएको छ। 

यस्तै राष्ट्रिय अनुसन्धान विभागबाट आएको टोलीबाट सिद्धिविक्रम शाह, सुशीलसिंह राठौर, उमाप्रसाद चतुर्वेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर विक डीआईजीमा सिफारिस भएका छन्। 

उनीहरू २०५३ सालमा राष्ट्रिय अनुसन्धान विभागमा भर्ना भएका हुन्। डीआईजीका लागि लबिइङ गरिरहेका २०५४ सालका प्रहरी निरीक्षकहरू भने यसपटक छुटेका छन्। यस ब्याचका तीनजना भने यसअघि नै डीआईजीमा बढुवा भइसकेका छन्। डीआईजीहरू दानबहादुर कार्की, मनोजकुमार केसी र राजन अधिकारी २०५४ को ब्याचका हुन्। 

उनीहरू पनि यस टोलीसँगै एसएसपीमा बढुवा भएका थिए। तर डीआईजीमा अगाडि लागेका हुन्। अघिल्लोपटक राष्ट्रिय अनुसन्धान विभागबाट आएको टोलीलाई छुटाए पनि यसपटक उनीहरूलाई प्राथमिकता दिएर बढुवा गरिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad