राजनीति


कोरोना परीक्षण गराएका अमेरिकी राष्ट्रपति ट्रम्पको यस्तो आयो रिपोर्ट

कोरोना परीक्षण गराएका अमेरिकी राष्ट्रपति ट्रम्पको यस्तो आयो रिपोर्ट

नेपालखबर
चैत २, २०७६ आइतबार ०:५१,

कोरोना संक्रमित व्यक्तिहरूसँग सम्पर्क गरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संक्रमणकाे शंका लागेर स्वास्थ्य परीक्षण गराएका छन्।

राष्ट्रपति ट्रम्पले गत साता कोरोना संक्रमित तीन व्यक्तिसँग हात मिलाउनेलगायत प्रत्यक्ष सम्पर्क गरेका थिए।

त्यसपछि आफूलाई पनि कोरोना संक्रमण भयो कि भनेर परीक्षण गराएका ट्रम्पको रिपोर्ट ह्वाउट हाउसले शनिबार राति जारी गरेको हो।

केही घण्टाअघि आफ्नो रिपोर्टबारे पत्रकारलाई जानकारी दिँदै अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नो रिपोर्ट कोरोना नेगेटिभ अर्थात् संक्रमण नभएको आएकाे जानकारी गराएका छन्।

उनले भनेका छन्, कोरोनाभाइरसको टेस्ट गराएको थिएँ, तर रिपोर्ट नेगेटिभ आएको छ।’

राष्ट्रपतिले फ्लोरिडाको मार-ए-लागो क्लबमा गत साता कोरोना संक्रमित तीन व्यक्तिसँग बिताएका थिए। साथै संक्रमित अन्य व्यक्तिसँग पनि उनले अप्रत्यक्ष सम्पर्क राखेका थिए।

कार्यक्रमका सिलसिलामा उनले कोरोना संक्रमित व्यक्तिहरूसँग हात मिलाउने तथा सँग भोज खाने गरे पनि आफूलाई कोरोनाको कुनै लक्षण नदेखिएको भन्दै ट्रम्पले परीक्षण गर्न अस्वीकार गरिरहेका थिए। 

तर कसैगरी उनमा संक्रमण रहेछ भने अन्य धेरैमा फैलिन सक्ने भन्दै पत्रकारलगायतले परीक्षणका लागि दबाब दिएपछि अन्ततः उनले परीक्षण गराएको हिन्दुस्तान टाइम्सले लेखेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad