राजनीति


माओवादी द्वन्द्वका गम्भीर मानव अधिकार उल्लंघनका घटनामा आममाफी हुँदैन : प्रदीप ज्ञवाली

माओवादी द्वन्द्वका गम्भीर मानव अधिकार उल्लंघनका घटनामा आममाफी हुँदैन : प्रदीप ज्ञवाली

नेपालखबर
मंसिर ४, २०८१ मंगलबार १७:३५, काठमाडौँ

नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले माओवादी सशस्त्र द्वन्द्वका क्रममा भएका गम्भीर मानव अधिकार उल्लंघनको घटनाले आममाफी नपाउने बताएका छन्।

दोहोरो भिडन्तबाहेकका अरु खालका हत्या, यौन बलात्कार र दुर्व्यवहार, चरम यातना र बलपूर्वक बेपत्ता पारिएका कुराहरूमा उन्मुक्ति नहुनेगरी कानूनी प्रावधान समेत राखिएको उनको दाबी थियो।

मंगलबार काठमाडौंमा आयोजित ‘शान्ति प्रक्रियाः विगत र वर्तमान’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उपमहासचिव ज्ञवालीले विस्तृत शान्ति सम्झौताको मर्मअनुसार शान्ति प्रक्रियाका बाँकी कामलाई टुंगोमा पुर्याउन प्रमुख दलहरू एकठाउँमा उभिएको पनि बताए। उनले नेपालको शान्ति प्रक्रिया सफलतापूर्वक अघि बढेको र त्यो छिट्टै टुंगोमा पुग्ने विश्वास व्यक्त गरे।

उपमहासचिव ज्ञवालीले भने, ‘हामीले भनि नै सकेका छौँ कि ४ वटा गम्भीर मानव अधिकार उल्लंघनका घटना दोहोरो भिडन्तबाहेक अरु खालका हत्याहरूमा उन्मुक्ति हुँदैन। यौन बलात्कार र दुर्व्यवहारमा उन्मुक्ति हुँदैन। चरम यातनामा उन्मुक्ति हुँदैन। बलपूर्वक बेपत्ता पारिएका कुराहरुमा उन्मुक्ति हुँदैन। हामीले यो जुन चार वटा क्याटोगरी राखेका छौं। यिनीहरुले अन्तर्राष्ट्रिय प्रतिवद्धता र कानूनसँग पनि सम्बन्ध राख्छ।’

भिडिओ: 

यी विषयमा मुख्य राजनीतिक दलहरूबीच सहमति भएको ज्ञवालीको भनाइ थियो।

उनले भने, ‘सत्तापक्ष, प्रतिपक्ष अनेकौ कुराहरुमा होलान् । तर आम रुपमा यो विषय टुंग्याउने कुरामा हामी एकैठाउँ छौं।’

उपमहासचिव ज्ञवालीले पीडितले न्याय पाउने गरी शान्ति प्रक्रियाका बाँकी कामलाई पूरा गर्ने काममा प्रतिवद्ध भएर लागिपर्ने पनि बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad