राजनीति


अखिल क्रान्तिकारीका ३ नेताले सुरु गरे पेरिसडाँडामा आमरण अनसन

अखिल क्रान्तिकारीका ३ नेताले सुरु गरे पेरिसडाँडामा आमरण अनसन

आमरण अनसनमा बसेका केशव रावल, खकेन्द्र रावल र जनक ढुंगाना


नेपालखबर
मंसिर ४, २०८१ मंगलबार १२:४३, काठमाडौँ

नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को नयाँ नेतृत्व चयन गर्न माग गर्दै चारजना नेताले आजदेखि आमरण अनसन सुरु गरेका छन्।

माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबार बिहान ११ बजेदेखि विद्यार्थी नेताहरु केशव रावल, खकेन्द्र रावल र जनक ढुंगानाले आमरण अनसन सुरु गरेका हुन्। 

रावल अखिल क्रान्तिकारीको निवर्तमान केन्द्रीय उपाध्यक्ष तथा कार्यालय प्रमुख हुन् भने खकेन्द्र रावल र जनक ढुंगाना केन्द्रीय सदस्य हुन्। 

नेतृत्व चयन नगरी स्थगित भएको अखिल क्रान्तिकारीको बन्दसत्र यही मंसिर २३ गते नै सुरु गर्न र संगठनको नयाँ नेतृत्व चयनको लागि निर्वाचन सुनिश्चित गर्न माग गर्दै आमरण अनसन सुरु गर्न लागिएको उनीहरुको भनाई छ। 

गएको असोज १० गतेदेखि काठमाडौँमा सुरु भएको अखिल क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलन नयाँ नेतृत्व चयन नै नगरी स्थगित भएको थियो। 

संगठनमा रहने विद्यार्थी नेतामा उमेरहद लागू गर्ने कि नगर्ने भन्ने विषयमा देखिएको विवाद समाधान नभएपछि सम्मेलन स्थगित गरिएको थियो। त्यतिबेला विद्यार्थी नेताहरुबीच बन्दसत्र स्थलमै झडप र कुर्सी हानाहान भएको थियो।

माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बैठक पनि आज दिउँसो पेरिसडाँडामा बस्दैछ। पार्टी बैठक सुरु हुनुअघि नै विद्यार्थीहरुले नेताहरुलाई दबाब दिन आमरण अनसन सुरु गरेका हुन्। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad