कोशी


सीटीईभीटीको तालिमले दक्षजनशक्तिको माग धानिरहेको छः मुख्यमन्त्री कार्की

सीटीईभीटीको तालिमले दक्षजनशक्तिको माग धानिरहेको छः मुख्यमन्त्री कार्की

नेपालखबर
मंसिर ३, २०८१ सोमबार १७:३९, काठमाडौँ

कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सीटीईभीटी)ले संचालन गरेको तालिमले स्वदेश तथा विदेशका लागि आवश्यक दक्षजनशक्तिको माग धानिरहेको बताएका छन्।

परिषदको  पुनसंरचना  सम्बन्धी उच्चस्तरीय कार्य टोलीद्वारा सोमबार  विराटनगरमा आयोजित प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदको पुनसंचरनाः प्रदेशस्तरीय छलफल तथा अन्तरक्रिया कार्यक्रममा उनले परिषदले आवश्यक्तालाई ध्यानमा राखी आफ्ना कार्यक्रमलाई विविधिकरण गर्नु पर्ने सुझाव दिए।

मुख्यमन्त्री कार्कीले तीन तहको सरकारबीचमा समन्वय हुने गरी आगामी ५० वर्षको लक्ष्य लिएर सोही अनुसार परिषद पुनसंरचना गर्नुपर्नेमा जोड दिए। उनले विद्यालय तथा विश्वविद्यालय तहको शिक्षाभन्दा फरक किसिमले सिटीईभिटीले कार्यक्रम ल्याउनु पर्ने धारणा राखे। 

प्रदेशमा धार्मिक पर्यटन क्षेत्रको विकासबाट दुई छिमेकी मुलुकका पर्यटकहरुको आवागमन वृद्धि भई विदेशी मुद्रा आर्जन गर्न सक्ने हुनाले परिषदले यस सम्बन्धी जनशक्ति उत्पादन गर्ने गरि  तालिम सञ्चालन गर्नुपर्ने सुझाव दिए। 

उनले स्पष्ट रणनीति र कार्यनितिको अभावमा पछिल्लो दिनमा प्राविधिक शिक्षालयमा विद्यार्थीहरुको अभावमा ताला लगाउनु पर्ने अवस्थामा सिर्जना भएकोमा  चिन्ता व्यक्त गर्दै यस विषयमा गहिरो छलफल गरी सार्थक निस्कर्षमा पुर्‍याउनु जरुरी रहेको धारणा राखे। 

मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले १२ कक्षा उत्तीर्ण विद्यार्थीहरुलाई ६ महिनाको सूचना प्रविधिको तालिम एवं ल्यापटप उपलबध गराई स्वरोजगार बनाउने  कार्य अगाडि वढाइरहेको जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad