पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ।
कलेजोसम्बन्धी समस्याबाट पीडित उनको उपचारको क्रममा मध्यबानेश्वरको फ्रन्टलाइन अस्पतालमा आइतबार दिउँसो मृत्यु भएको हो।
पारिवारिक स्रोतका अनुसार कलेजोमा उनको ट्युमर रहेको र उपचार भइरहेको थियो। आइतबार मध्याह्नबाट श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल लगिएको थियो।
चिकित्सकहरुले दिउँसो २ बजे मृत्यु भएको घोषणा गरेका थिए।
उनी २०४८ देखि २०५१ सम्म सभामुख रहेका थिए। स्वर्गीय ढुंगानाका श्रीमती, दुई छोरा र एक छोरी छन्।
वरिष्ठ अधिवक्ता ललित बस्नेतका अनुसार उनको अन्त्येष्टि भोलि (सोमबार) पशुपति आर्यघाटमा गर्ने तयारी भइरहेको छ।
162
Shares

प्रतिक्रिया