कारोबार


लक्ष्मी सनराइज बैंकले गर्‍यो नवौँ आमन्त्रण गल्फ प्रतियोगिता

लक्ष्मी सनराइज बैंकले गर्‍यो नवौँ आमन्त्रण गल्फ प्रतियोगिता

नेपालखबर
मंसिर २, २०८१ आइतबार १६:८, काठमाडौँ

लक्ष्मी सनराइज बैंकले नवौँ आमन्त्रण गल्फ प्रतियोगिता काठमाडौँको गोकर्ण रिसोर्टमा शनिबार १६ नोभेम्बर २०२४ सम्पन्न गरेको छ।

‘स्विङ फर सस्टेनेबिलिटी’विषयमा रही गरिएको उक्त प्रतियोगिताले बैंकको शून्य कार्बन अवधारणा र हरित पहलहरुप्रतिको प्रतिबद्धतालाई जोड दिएको बैंकले जनाएको छ।

प्रतियोगितापूर्व यस प्रतियोगितामा हुने सम्भावित सम्पूर्ण कार्बन उत्सर्जनको अध्ययन गर्दा उक्त कार्यक्रममा १ टन कार्बन उत्सर्जन हुने र त्यसलाई परिपुर्ति गर्न ४५ वटा रूख वृक्षारोपण गरिनुपर्ने आकलन गरिएको थियो । यद्यपि बैंकले कुल १००० वटा रुख रोप्ने प्रतिबद्धता जनाएको छ। साथै हरेक सहभागीहरुलाई हरित तथा दिगो भविष्यको लागि आफ्नो व्यक्तिगत योगदान स्वरूप १-१ बिरुवा पनि प्रदान गरिएको थियो।

एक दिने सो कार्यक्रममा १०७ गोल्फरहरुको सहभागिता रहेको थियो जसमा ८ महिला प्रतियोगीहरू थिए । सहभागीहरुले ३४ ह्यान्डिक्यापको साथ १८ होल स्टेबलफोर्ड ढाँचामा प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा विभिन्न क्षेत्रका कर्पोरेट लिडर, गोल्फ उत्साही तथा दिगोपनका अधिवक्ताहरुको उपस्थिती रहेको थियो ।

प्रतियोगितामा आत्माराम सिम्खडा (४३ अंक) विजेता बने भने उपविजेतामा आशिष लाल श्रेष्ठ (४२ अंक) रहे। त्यसैगरी उत्कृष्ट ग्रस टाशी छिरिङ (३८ अंक), वरिष्ठ श्रेणी विजेता तुलसी भट्ट (४० अंक), महिला विजेता तारा कार्की चित्रकार (३५ अंक), महिला उपविजेता सुमित्रा खड्का (३० अंक), सबैभन्दा लामो ड्राइभ नोर्बु छिरिङ शेर्पा र पिनको नजिक अनिल कुमार सिन्हा रहे। 

विजेताहरुलाई लक्ष्मी सनराइजका अध्यक्ष रमण नेपालले पुरस्कार प्रदान गर्नुका साथै बैंकका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाह, गोकर्ण गल्फ क्लबका अध्यक्ष सुहृद घिमिरे र क्लबका क्याप्टेन जोसेफ नाथनले सम्मान गर्दै सो प्रतियोगिताको दिगोपनप्रतिको प्रतिबद्धतालाई थप जोड दिएका थिए ।

यस वर्षको प्रतियोगिताले लक्ष्मी सनराइजको कर्पोरेट पहलहरूमा दिगोपनलाई एकीकृत गर्न नवीन दृष्टिकोणको उदाहरण दिएको बैंकले उल्लेख गरेको छ। कार्बन फुटप्रिन्ट न्युनिकरण र पर्यावरण-मैत्री अभ्यासहरूलाई प्रोत्साहित गर्दै बैंकले आफ्नो गतिविधिहरूलाई अरेन्जलभ्सग्रिन ह्यासट्याग अभियानसँग एकिकृत गरिरहेको छ र हरित बैंकिङमा आफूलाई अग्रणी रूपमा स्थापित गर्दै आएको छ।

लक्ष्मी सनराइज बैंकले यस्ता विभिन्न खेलकुद, सामुदायिक संलग्नता तथा दिगोपनका पहलहरुले समाजमा कसरी सकारात्मक प्रभाव पार्न सकिन्छ भनेर प्रदर्शन गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad