राजनीति


शंकर पोखरेल भन्छन् : प्रचण्डलाई सवक सिकाउन कांग्रेससँग सहकार्य गर्‍यौँ

शंकर पोखरेल भन्छन् : प्रचण्डलाई सवक सिकाउन कांग्रेससँग सहकार्य गर्‍यौँ

फाइल फोटो


नेपालखबर
कात्तिक २८, २०८१ बुधबार १८:३८, काठमाडौँ

सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेका महासचिव शंकर पोखरेलले जनमत गुमाएको नेकपा माओवादी केन्द्रलाई सवक सिकाउन नेपाली कांग्रेससँग सत्ता सहकार्य गर्नुपरेको बताएका छन्।

महासचिव पोखरेलले २७५ सिटको संसदमा ३२ सिट ल्याउने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पूरै अवधि मुलुकको शासन गर्ने हुँकार गरेपछि दुई ठूला दल कांग्रेस–एमालेले त्यो सम्भव छैन भन्ने सन्देश दिनेगरी सत्ता सहकार्यलाई अघि बढाउनुपरेको बताए।

उनले भने, ‘जनमत गुमाएकाहरूले शासन गर्ने जुन प्रकारको लोकतन्त्रको मजाकको विषय बनाइएको परिस्थिति छ। तपाईहरुले पनि सुन्न भएको होला एक समय। २७५ सिट भएको संसदमा ३२ नम्बर त म्याजिक नम्बर। यही ३२ नम्बरले पाँच वर्ष नै शासन गर्छ भन्ने हुँकार पनि सुन्नु भयो। हो त्यो हुँकारलाई हामीले दुईवटा राजनीतिक दल मिलेर अब त्यो सम्भव छैन भन्ने कुराको सन्देश दिने प्रयत्न गरेका छौं।’

बुधबार पार्टी मुख्यालय च्यासलमा आयोजित नेकपा एमाले युवा विद्यार्थी विशेष जिल्ला कमिटीको पाँचौ जिल्ला अधिवेशनको उद्घाटन सत्रमा बोल्दै उनले आगामी निर्वाचनमा पनि कांग्रेस–एमालेबीच सत्तापक्ष र प्रतिपक्षको भूमिका निर्वाह गर्नेगरी एकल चुनावी प्रतिष्पर्धा गरेर अघि बढ्ने सहमति भएको बताए।

जनमत गुमाउँदै गएको माओवादीले संसदमा ३२ सिटलाई म्याजिक नम्बर भनेपछि आफूहरूले सत्ता सहकार्य गरेर त्यसको जवाफ दिने अवस्था आएको महासचिव पोखरेलको भनाई थियो।

उनले मुलुकलाई राजनीतिक स्थायित्व दिनका लागि सरकारले संविधानमा परिमार्जन गर्न चाहेको पनि दोहोर्याए।

महासचिव पोखरेलले जनमत गुमाएकाहरूले शासन गर्ने काम लोकतन्त्रको मजाकको विषय भएकाले त्यसको अन्त्य आफूहरूको रहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad