राजनीति


यी हुन् रास्वपाले टुंग्याएका उम्मेदवार, अधिकांश ठाउँको बाँकी (सूचीसहित)

यी हुन् रास्वपाले टुंग्याएका उम्मेदवार, अधिकांश ठाउँको बाँकी (सूचीसहित)

नेपालखबर
कात्तिक २८, २०८१ बुधबार १९:३, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपचुनावका उम्मेदवार समयमै टुंग्याउन असफल देखिएको छ। रास्वपाले प्रारम्भिक निर्वाचन (प्राइमरी) मार्फत उम्मेदवार टुंग्याउने घोषणा गर्दै आन्तरिक निर्वाचन कार्यतालिका सार्वजनिक गरेको थियो। 

जस अनुसार बुधबारसम्म सबै ठाउँमा उम्मेदवार चयन/निर्वाचित गर्ने कार्यतालिका बनाएको थियो। तर, रास्वपाले बुधबार अबेर सार्वजनिक गरेको विवरण अनुसार अधिकांश ठाउँमा उम्मेदवार टुंग्याउने प्रक्रियामा रहेको उल्लेख गरिएको छ। 

रास्वपाले पालिका प्रमुख/अध्यक्षमा दैलेखको माहाबु गाउँपालिका अध्यक्षमा प्रकाश बुढा, हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्षमा सुजता फडेरा, जाजरकोटको नलगाड नरपालिका उप्रमुखमा पार्वती पुनलाई मात्रै उम्मेदवार टुंग्याएको छ। 

मंसिर १६ गते विभिन्न ४४ पदमा उपचुनाव हुँदै छ। त्यसका लागि मंसिर २ गते उम्मेदवारी दर्ता गर्ने समय निर्वाचन आयोगले तोकेको छ। 

जिल्ला समन्वय समितिका प्रमुख २, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ४, नगरपालिका प्रमुख १, उपप्रमुख १ र वडाध्यक्ष ३४ गरी जम्मा ४४ रिक्त पदका लागि उपनिर्वाचन हुनेछ।

काठमाडौँको कीर्तिपुर नगरपालिका प्रमुख, मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष, दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्ष, रुकुमपूर्वको पुथा उत्तरगंगा उपाध्यक्ष, जाजरकोटको नलगाड नगरपालिका उपप्रमुख र दैलेखको महाबु गाउँपालिका अध्यक्षका लागि उप चुनाव हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad