नेकपा (माओवादी केन्द्र)को पदाधिकारी (कार्यालय) बैठक आज बस्दैछ।
सोमबार बिहान ८ बजेदेखि बैठक सुरु हुने माओवादी केन्द्रले जनाएको छ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बस्ने बैठकले पार्टीले सञ्चालन गर्ने थप अभियानका कार्यक्रम तय गर्ने एक नेताले जानकारी दिए।
बैठकमा आगामी मंसिरको १६ गते हुने उपनिर्वाचनको तयारीका लागि नेताहरूलाई जिम्मेवारी तोक्ने विषयमा पनि छलफल हुनेछ।
54
Shares

प्रतिक्रिया