राजनीति


तस्बिरमा राष्ट्रपतिको अजरबैजान यात्रा

तस्बिरमा राष्ट्रपतिको अजरबैजान यात्रा

सरोज बैजु
कात्तिक २५, २०८१ आइतबार १७:४४, काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजान प्रस्थान गरेका छन्।

राष्ट्रपति पौडेल आइतबार अपरान्ह अजरबैजानको बाकुमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९ औँ सम्मेलन (कोप–२९) मा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गरेका हुन्। 

त्यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री, मन्त्रीहरु, नेपाल सरकारका उच्च पदस्थ कर्मचारीलगायतले उनलाई बिदाइ गरेका थिए। 

बिदाइ समारोहमा नेपाली सेनाले राष्ट्रपति पौडेलको सम्मानमा सलामी अर्पण गरेको थियो।

अजरबैजानका राष्ट्रपति इल्हम अलियभको निमन्त्रणामा उक्त सम्मेलनमा सहभागी हुन राष्ट्रपति पौडेल त्यसतर्फ गएका हुन्। उनले कात्तिक २७ र २८ गते हुने उच्चस्तरीय सत्रको ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’लाई सम्बोधन  गर्ने कार्यक्रम तय गरिएको छ।

सम्मेलनका क्रममा नेपालले आफ्ना एजेन्डामाथि विश्वको ध्यानाकर्षण गराउन कात्तिक २८ गते राष्ट्रपति पौडेलको नेतृत्वमा बेग्लै उच्चस्तरीय सत्र सञ्चालन गर्ने कार्यक्रम पनि तय गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

सम्मेलनमा ‘पर्वतीय क्षेत्रमा जलवायुजन्य हानी तथा नोक्सानीको सम्बोधन’ विषयक उच्चस्तरीय बैठकसमेत हुनेछ। विश्वमै नेपाल जलवायुको असरबाट सबैभन्दा बढी प्रभावित मुलुकहरूमध्ये पर्छ।

बैठकमा नेपालले मेलम्ची, मुस्ताङ, कञ्चनपुर, थामे, काठमाडौँ उपत्यकालगायत क्षेत्रमा जलवायु परिवर्तनले पारेका गम्भिर असरका विषयमा विश्व नेताहरुको ध्यानाकर्षण गराउनेछ।

सम्मेलन कात्तिक २६ सुरु भइ मङ्सिर ७ गतेसम्म सञ्चालन हुनेछ। 

सम्मेलनमा सहभागी भई राष्ट्रपति पौडेल कात्तिक ३० गते शुक्रबार स्वदेश फर्कनेछन््।

तस्बिरः 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad