कर्णाली


कालिकोट जिप दुर्घटना अपडेट : सात जनाको हेलिकप्टरबाट उद्धार

कालिकोट जिप दुर्घटना अपडेट : सात जनाको हेलिकप्टरबाट उद्धार

नेपालखबर
कात्तिक २५, २०८१ आइतबार १७:३५, सुर्खेत

कालिकोटमा जिप दुर्घटनामा परी घाइते भएका सात जनाको हेलिकप्टरबाट उद्धार गरिएका छ।

नेपाली सेनाको हेलिकप्टरबाट घाइतेको उद्धार गरी कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको हो।

घटना लगत्तै नेपाली सेनाको उत्तर पश्चिम एयरबेस सुर्खेतबाट गएको हेलिकप्टरले घाइतेहरुको उद्धार गरेको हो। उक्त दुर्घटनामा परी ६ जनाको मृत्यु भएको जनाइएको छ।

आइतबार कालिकोटको पलता गाउँपालिका–६, को नेटाबाट सोही पालिकाको वडा नम्बर ९ को थिर्पुतर्फ आउँदै गरेको कर्णाली प्रदेश ००१ ज ५६ नम्बरको बलोरो जिप वडा नम्बर ३ को काप्रेखोलामा दुर्घटनामा परेको थियो।

उक्त दुर्घटनामा परी १३ जना गम्भीर घाइते भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad