राजनीति


अदालतमा रवि, पोखराको सडकमा कार्यकर्ताको प्रदर्शन

अदालतमा रवि, पोखराको सडकमा कार्यकर्ताको प्रदर्शन

नेपालखबर
कात्तिक २५, २०८१ आइतबार १२:४, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज पनि पोखरामा प्रदर्शन गरिरहेको छ। गत कात्तिक २ गते पक्राउ परेका सभापति रवि लामिछानेलाई आज (आइतबार) चौथोपटक म्याद थपका लागि अदालत लगिएको छ। 

रविलाई अदालत लगिएसँगै रास्वपाका कार्यकर्ताहरू सडक प्रदर्शनमा उत्रिएका हुन्। पोखराको सडकमा उत्रिएका प्रदर्शनकारीहरूले ‘प्रतिशोध साँध्न पाइँदैन’, ‘असली सहकारी ठगलाई कारबाही गर’ लगायतका नारा लगाइरहेका छन्।

रास्वपाको शनिबार दिउँसो बसेको केन्द्रीय समिति बैठकले दोस्रो चरणको आन्दोलन अझै चर्काउने निर्णय गरेको थियो।

यसअघि सभापति लामिछानेमाथि तेस्रोपटक थपिएको १० दिनको म्याद शनिबार सकिएपछि फेरि थप हिरासतमा राख्न अदालतसँग अनुमति माग्न लागिएको हो। 

पोखराको सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडियाबाट अपचलन गरेको आरोपमा तत्कालीन प्रबन्ध निर्देशक रविसहित उपाध्यक्ष पूर्वडीआईजी छविलाल जोशी, जीबी राईका साझेदार नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाल र लीला पछाईंलाई पनि सँगै अदालत उपस्थित गराइएको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad