विश्व संगीतको सबैभन्दा प्रतिष्ठित ग्रामी अवार्डको मनोनयन घोषणा गरिएको छ। रेकर्डिङ एकेडेमीले शनिबार ६७ औँ ग्रामी पुरस्कार मनोनयन सार्वजनिक गरेको हो।
सार्वजनिक मनोनयनमा पपस्टार बियोन्सेको नाम शीर्ष स्थानमा छ। बियोन्से ११ वटा विधामा मनोनयमा परेकी छिन्।
यो मनोनयनसँगै बियोन्से सर्वाधिक ग्रामी मनोनयन हुने संगीतकर्मी बनेकी छिन्।
त्यसैगरि, दोस्रो नम्बरमा बिली इलिश, चार्ली एक्ससीएक्स, केन्ड्रिक लामार र पोस्ट मालोन जस्ता छन्।
३२ ग्रामी अवार्ड जितिसकेकी बियोन्से एल्बम ‘काउब्वाय कार्टर’बाट मनोनयन भएकी हुन्। ‘एल्बम अफ द इयर’, ’रेकर्ड अफ द इयर’ र ’सङ्ग अफ द इयर’ जस्ता विधामा उनी मनोनित छिन्।
बियोन्सेले पप, र्याप, कन्ट्री र अमेरिकाना जस्ता विधामा समेत मनोनयनमा परेकी हुन्।
कन्ट्री र अमेरिकाना विधामा उनको यो पहिलो मनोनयन हो। सन् २०२५ को ग्रामी अवार्ड २ फ्रेबुअरीमा लस एन्जलसमा आयोजना हुँदैछ।
Shares

प्रतिक्रिया