राजनीति


उपनिर्वाचनमा एमालेका उम्मेदवार : कीर्तिपुरमा सुरेन्द्र, ग्रामथानमा तुलसीराम (सूचीसहित)

उपनिर्वाचनमा एमालेका उम्मेदवार : कीर्तिपुरमा सुरेन्द्र, ग्रामथानमा तुलसीराम (सूचीसहित)

नेपालखबर
कात्तिक २४, २०८१ शनिबार १५:४८, काठमाडौँ

सत्तारुढ दल नेकपा एमालेले आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि उम्मेदवारहरूको नाम टुंगो लगाएको छ। 

पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार, एक दुई ठाउँबाहेक तल्ला कमिटीबाट सिफारिस भएर आएका उम्मेदवारहरूको नाम शनिबार बसेको सचिवालय बैठकले अनुमोदन गरेको हो। 

जस अनुसार, ललितपुरको कीर्तिपुर नगरपालिकाको मेयर, मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष, दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्ष, जाजरकोटको नलगाड गाउँपालिकाको उपप्रमुख लगायतको नाम टुंगिसकेको छ। 

‘केही ठाउँमा निर्णय हुन बाँकी छ। त्यसको अख्तियारी सम्बन्धित प्रदेश कमिटीलाई दिएका छौँ। एक दुई दिनमा निर्णय हुन्छ,’ बैठकपछि उपमहासचिव ज्ञवालीले भने।

कुन पालिकामा को उम्मेदवार?
कीर्तिपुर नगरपालिका मेयर– सुरेन्द्र मानन्धर
मोरङ ग्रामथान गाउँपालिका अध्यक्ष– तुलसीराम विश्वास
दोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्ष– उमा लुङ्गेली शेर्पा
लुम्बिनीको रुकुम पूर्व पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्ष– केस कुमारी तुला
जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुख– सुनिता बोहोरा
बाजुराको स्वामी कात्र्तिक फापर गाउँपालिकाको उपाध्यक्ष– सुलोचना कुमारी भण्डारी बोहोरा
हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष– जाना शाही

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad