सर्वोच्च अदालतका प्रस्तावित दुई न्यायाधीश संसदीय सुनुवाइ समितिबाट अनुमोदित भएका छन्।
शुक्रबार बससेको सुनुवाइ समितिको बैठकले प्रस्तावित न्यायाधीशद्वय नृपध्वज निरौला र नित्यानन्द पाण्डेलाई सर्वसम्मतिले अनुमोदन गरेको हो।
बैठकमा दुवैले आ–आफ्नो कार्ययोजना प्रस्तुत गरेका थिए। दुवैको सुनुवाइपछि अनुमोदन भएको सभापति पशुपतिशमशेर राणा जबराले जानकारी दिए।
‘संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्य सञ्चालन नियमावली, २०८० तथा संसदीय सुनुवाई समितिको कार्यविधि २०८० बमोजिम समितिमा सुनुवाई गर्दा योग्यता, क्षमता र अनुभवसमेतको आधारमा सोही नियमावली नियम २६ को उपनियम ५ बमोजिम नृपध्वज निरौला र नित्यानन्द पाण्डेलाई सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्तीको लागि अनुमोदन गर्ने भनि आजको बैठकले निर्णय गरेको व्यहोरो जानकारी गराउँदछु,’ सभापति राणाले भने।
संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशलाई राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।
सुनुवाइ समितिले गत असोज १५ गते सूचना प्रकाशन गरेर दुई प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी आह्वान गरेको थियो।
दुई न्यायाधीशमध्ये निरौलाविरुद्ध संसदीय सुनुवाइ समितिमा दुईवटा उजुरी परेका थिए।
Shares

प्रतिक्रिया