राजनीति


प्रधानमन्त्री ओलीलाई चिनियाँ प्रधानमन्त्रीले पठाए भ्रमणको औपचारिक निम्तो

प्रधानमन्त्री ओलीलाई चिनियाँ प्रधानमन्त्रीले पठाए भ्रमणको औपचारिक निम्तो

नेपालखबर
कात्तिक २१, २०८१ बुधबार १३:१६, काठमाडौँ

 प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीन भ्रमणको औपचारिक निम्तो प्राप्त भएको छ। 

नेपालका लागि चिनियाँ राजदूत छन सोङले मंगलबार चिनियाँ प्रधानमन्त्री छ्याङको तर्फबाट प्रधानमन्त्री ओलीलाई चीन भ्रमणको औपचारिक निम्तो प्रदान गरेका हुन्। 

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार, मंगलबार अपरान्ह राजदूत छनले परराष्ट्र सचिव लम्सालमार्फत प्रधानमन्त्री ओलीलाई चिनियाँ प्रधानमन्त्री ली छ्याङको निमन्त्रणापत्र हस्तान्तरण गरेका थिए। 

चिनियाँ पक्षले यसअघि नै भ्रमणका लागि १७–२१ मंसिर (२–६ डिसेम्बर) को मिति प्रस्ताव गरेको थियो। औपचारिक निम्तोपत्र प्राप्त भएपछि परराष्ट्र मन्त्रालयले सोही मितिमा हुने गरी भ्रमणको तयारी सुरु गरेको छ। 

निम्तो अनुसार भ्रमण भएमा यो ओलीको प्रधानमन्त्रीका रूपमा तेस्रो चीन भ्रमण हुनेछ। २०७२ मा पहिलोपटक र २०७४ मा दोस्रोपटक प्रधानमन्त्री बनेका बेला ओलीले उत्तरी छिमेक भ्रमण गरेका थिए। 

दुई छिमेकीमध्ये उत्तरी छिमेकीबाट औपचारिक निम्तो प्राप्त गरेका ओलीलाई दक्षिणी छिमेकी भारतले भने अझै निम्तो दिइसकेको छैन। यद्यपि, गत महिना संयुक्त राष्ट्र संघको महासभामा भाग लिन जाँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग ओलीको साइडलाइन भेट भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad