अनुमतिबिनै विदेश भ्रमणमा गएपछि विवादमा तानिएका कोसी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीले राजीनामा दिएका छन्।
मुख्यमन्त्री हिक्मत कार्कीलाई उनले बुधबार राजीनामा बुझाएका हुन्। मन्त्री अधिकारी जापानको टोकियो महानगरले आयोजना गरेको कार्यक्रममा भाग लिन अनुमति र जानकारीबिनै त्यहाँ पुगेका थिए।
प्रदेशमन्त्रीहरू विदेश भ्रमणमा जाँदा मुख्यमन्त्री र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत् परराष्ट्र मन्त्रालयको स्वीकृति लिनुपर्ने हुन्छ।
138
Shares

प्रतिक्रिया