राजनीति


पूर्वमुमाबडामहारानी रत्न २ दिनदेखि अस्पतालमा, के भएको हो खास?

पूर्वमुमाबडामहारानी रत्न २ दिनदेखि अस्पतालमा, के भएको हो खास?

नेपालखबर
कात्तिक १९, २०८१ सोमबार १८:१९, काठमाडौँ

पूर्वमुमाबडामहारानी रत्नराज्यलक्ष्मी शाह अस्पतालमा उपचाररत छिन्। 

श्वास फेर्न गाह्रो भएपछि आइतबार राति साढे ८ बजे उनलाई काठमाडौँको नर्भिक अस्पताल भर्ना गरिएको थियो।

९६ वर्षीया रत्नको छातीमा संक्रमण देखिएकाले अहिले औषधी चलाइएको र सुधारको सम्भावना देखिएको अस्पतालले जनाएको छ।

अस्पतालका अध्यक्ष राजेन्द्रबहादुर सिंहले भने, ‘सुधार हुँदै छ। त्यस्तो चिन्ता लिनुपर्ने अवस्था छैन। सुधारको क्रम सन्तोषजनक रहे भोलि–पर्सितिर डिस्चार्ज हुन सक्छ।’ 

पूर्वराजपरिवारका संवाद सचिव डा फणिराज पाठकले पनि अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य नै रहेको नेपालखबरसँगको कुराकानीमा बताए।

राजा महेन्द्रकी श्रीमती रत्न २०११ देखि २०२८ सालसम्म नेपाल अधिराज्यकी रानी थिइन्। २००७ सालमा इन्द्र राज्यलक्ष्मीको निधन भएपछि महेन्द्रले उनकै बहिनी रत्नसँग २ वर्षपछि विवाह गरेका थिए। त्यतिखेर महेन्द्र युवराज नै थिए।

२०६५ सालमा नेपाल गणतन्त्र घोषणा भएपछि पूर्वराजा ज्ञानेन्द्र सपरिवार नागार्जुन बसाइँ सरेका सर्दा रत्नले भने नारायणहिटी राजदरबारभित्रकै महेन्द्र मञ्जिल त्याग्न अस्वीकार गरेकी थिइन्। उनको बसोवास अहिलेसम्म महेन्द्र मञ्जिलमै छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad