राजनीति


भक्तपुरका नगरपालिका भित्रका ६ अस्पताललाई ‘आइसोलेसन वार्ड’ स्थापना गर्न निर्देशन

भक्तपुरका नगरपालिका भित्रका ६ अस्पताललाई ‘आइसोलेसन वार्ड’ स्थापना गर्न निर्देशन

नेपालखबर
फागुन २९, २०७६ बिहिबार ९:३६,

भक्तपुर नगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालनमा रहेका छ अस्पताललाई ‘आइसोलेसन वार्ड’ स्थापना गर्न आग्रह गरेको छ।

नगरपालिकाले जिल्लामा सञ्चालन भएका भक्तपुर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, सहिद धर्मभक्त अंग प्रत्यारोपण केन्द्र, डा इवामुरा मेमोरियल अस्पताल, सिद्धि स्मृति महिला तथा बाल अस्पताल र जनस्वास्थ्य केन्द्रलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमित भेटिएमा स्वास्थ्य परीक्षण गर्न छुट्टै श्ययाको व्यवस्था गर्न पत्राचार गरेको छ।

नगरपालिकाले कोभिड–१९ को संक्रमण विश्वव्यापी रुपमा फैलिरहेको र छिमेकी मुलुकमा यसको प्रभाव बढ्दै जाँदा नेपाल पनि उच्च जोखिममा रहेको ठहर गर्दै यसको संक्रमणप्रति सजगता, रोकथाम तथा नियन्त्रणका लागि यस नगरपालिका क्षेत्रभित्र रहेका सबै अस्पताल र स्वास्थ्य केन्द्रमा उपलब्ध क्षमतालाई ध्यानमा राखी आकस्मिक अवस्थामा प्रयोग गर्न सकिने गरी आवश्यक न्यूनतम मात्रामा छुट्टै शैय्याको व्यवस्था मिलाउन अस्पताललाई पत्राचार गरिएको नगरप्रमुख सुनिल प्रजापतिले जानकारी दिए।

उनले भक्तपुरमा कोरोना सङ्क्रमित व्यक्ति भेटिए बिरामीको प्रारम्भिक जाँच, परीक्षण गर्ने र सघन जाँच परीक्षण गर्नुपर्ने देखिएमा प्रादेशिक तथा केन्द्रीय अस्पतालमा सिफारिस गरी पठाउने व्यवस्था गर्न तथा कोभिड–१९ को संक्रमण, यसको रोकथाम र नियन्त्रणका लागि स्वास्थ्य सचेतनासम्बन्धी कार्यक्रम सञ्चालन गर्न अनुरोध गरिएको जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad