कारोबार


४६ अंकले घट्यो सेयरबजार, कम्पनीहरुले १० प्रतिशतसम्म गुमाए

४६ अंकले घट्यो सेयरबजार, कम्पनीहरुले १० प्रतिशतसम्म गुमाए

नेपालखबर
फागुन २९, २०७६ बिहिबार ९:४९,

साताको अन्तिम कारोबार दिन सेयरबजार घटेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार बजार परिसूचक नेप्से ४५.९१ अंकले ओर्लिएको हो। ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ सूचक पनि ९.१९ अंकले घटेको छ।

आज १ सय ८२ कुल कारोबार भएकामा ५६ लाख ८६ हजार कित्ता सेयर बिक्री भएका छन्। कारोबार अवधिमा २३ हजार २ सय ५ पटक खरिदबिक्रीपछि कुल २ अर्ब २० करोड ६६ लाख रुपैयाँको सेयर किनबेच भएको नेप्सेले जनाएको छ।

बिहान ११ बजे बजार खुलेयता नेप्से निरन्तर ओर्लिएपछि ३ बजे १३७७.१८ विन्दुमा रोकिएको छ। कुल १२ समूहमध्ये सबैको सूचक रातो हुँदा निर्जीवन बीमा, जीवन बीमा, माइक्रोफाइनान्स, होटलको सूचक धेरै अंकले झरेको छ।

कारोबारमा भने आज पनि नेपाल लाइफ इन्स्योरेन्सले सबै कम्पनीलाई उछिनेको छ। सो क्रममा कम्पनीको १९ करोड ८२ लाखको सेयर कारोबार भएको छ। त्यस्तै एनआईसी एसिया बैंकको ११ करोड ६३ लाखको, एनएमबी बैंकको ९ करोड ४१ लाखको, शिवम् सिमेन्टको ७ करोड ८२ लाखको, हिमालयन डिस्टिलरीको ७ करोड ७ लाखको, नेपाल बैंकको ५ करोड ८९ लाखको, नबिल बैंकको ५ करोड २३ लाखको सर्वाधिक कारोबार भएको छ।

आज कम्पनीहरुको कमाइ केवल २.४८ प्रतिशतसम्म मात्रै छ भने एउटा कम्पनीले १० प्रतिशत, दुईवटाले ९ प्रतिशत बढी, दुईवटाले ८ प्रतिशत बढी र चारवटाले ७ प्रतिशतसम्म सर्वाधिक दरमा सेयर मूल्य गुमाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad