कारोबार


डेढ करोड बढी रकम हिनामिना गर्ने वित्तीय संस्थाका उत्प्रेरक पक्राउ

डेढ करोड बढी रकम हिनामिना गर्ने वित्तीय संस्थाका उत्प्रेरक पक्राउ

नेपालखबर
फागुन २९, २०७६ बिहिबार ९:३४,

महोत्तरीको पिपरा गाउँपालिकामा सञ्चालित एक वित्तीय संस्थामा रु डेढ करोडभन्दा बढी हिनामिना गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार पिपरामा सञ्चालित ‘नेरुडे लघुवित्त वित्तीय संस्था उपशाखा’को रु एक करोड ६१ लाख ७६ हजार रकम हिनामिना गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा मोरङको ग्रामथान गाउँपालिका–३ बस्ने २६ वर्षीय बद्रीनारायण तवदार र जहदा गाउँपालिका–३ बस्ने ३१ वर्षीय दीपककुमार कर्ण रहेको प्रहरी उपरीक्षक अधिकारीले बताए। पक्राउ परेका तवदार नेरुडे लघुवित्त वित्तीय संस्थाका वरिष्ठ उत्प्रेरक र कर्ण सहायक उत्प्रेरक रहेका छन्। उनीहरुलाई प्रहरीले म‌ंगलबार राति पक्राउ गरेर आज सञ्चारकर्मीलाई जानकारी गराइएको हो।

पक्राउ परेका दुवैजनाले नक्कली ऋणी बनाएर झुटा विवरण तयार पारी कर्जा लगानी देखाई र सदस्यबाट मासिक साँवा किस्ता र ब्याज रकमसमेत असुली उठाई बैंकमा जम्मा नगरी रु एक करोड ६१ लाख ७६ हजार आठ सय ६० हिनामिना गरेको देखिएको छ।

सो वित्तीय संस्थाको केन्द्रीय कार्यालय विराटनगरका कामु सहायक महाप्रबन्धक ऋषिप्रसाद न्यौपानेको उजुरीका आधारमा ती दुवैमाथि बैंकिङ कसुर मुद्दामा कारवाही भइरहेको प्रहरी उपरीक्षक अधिकारीले बताए। यसका अलावा त्यत्रो ठूलो रकम हिनामिनामा ती दुईजनाको मात्रै हात नरहेको आश‌ंका गर्दै वित्तीय संस्थाका सञ्चालक तथा थप कर्मचारीमाथि पनि उच्च निगरानी भइरहेको प्रहरी उपरीक्षक अधिकारीले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad