राजनीति


सांसद चौधरीको समन्वयमा सरावलमा बन्ने भयो अस्पताल

सांसद चौधरीको समन्वयमा सरावलमा बन्ने भयो अस्पताल

नेपालखबर
कात्तिक १४, २०८१ बुधबार १३:१०, काठमाडौँ

संघीय सांसद विनोद चौधरीको पहलमा पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा १५ शय्याको अस्पताल निर्माण हुने भएको छ।

सांसद चौधरीको निरन्तरको पहल र समन्वयपछि अर्थमन्त्रालयले अस्पताल निर्माणका लागि बजेट सुनिश्चित गरेको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरावल गाउँपालिकासहित देशका विभिन्न पालिकामा ३९६ आधारभूत अस्पताल तथा स्तरोन्नतिका लागि ५१ अर्ब ८४ करोड ५५ लाख ८९ हजार बजेट सुनिश्चितता भएको जनाएको छ। 

सांसद चौधरीले सरावलमा अस्पताल निर्माणका लागि जग्गा प्राप्तदेखि बजेटको सुनिश्चिता गराउने कार्यमा सरोकारवाला निकायमा पहल गर्दै आएका थिए। उनले स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेललाई भेटेर अस्पताल निर्माणका लागि पटकपटक ध्यानाकर्षण गराएका थिए। सरावल ५ मा निर्माण हुने आधारभुत अस्पतालले ग्रामिण भेगका स्थानीयलाई स्वास्थ्य सेवामा सहज पहुँच पुग्ने विश्वास सांसद चौधरीको छ। 

सांसद चौधरीले निर्वाचनकै बेला सरावलमा अस्पताल निर्माण प्रक्रिया अगाडि बढाउने प्रतिवद्धता जनाएका थिए। सरावल पालिकामा पहिला नै अस्पतालको योजना परेपनि जग्गा प्राप्तिको विवाद भएकाले बजेट रोकिएको थियो। अस्पताल निर्माण नै अलपत्र अवस्थामा थियो। सांसद चौधरी निर्वाचित भएपछि जग्गा प्राप्तिदेखि बजेट सुनिश्चितासम्म पहल गरेका हुन्।

अस्पताल निर्माण स्थल वडा नं. ५ का वडाध्यक्ष लक्ष्मणप्रसाद चौधरीले भने, 'अघिल्लो पटक तालको जग्गामा अस्पताल बनाउन खोज्दा विवाद भयो। त्यसपछि अस्पताल निर्माण प्रक्रिया अगाडि बढेन। अहिले माननीयज्यूसहित सबैको पहलमा दुई बिघा जग्गा स्थानीयले दान दिए। गाउँमै अस्पताल बन्छ, राम्रो हुन्छ भनेर हामीले जग्गा दिएर अस्पताल बन्ने भएको छ।'

उनका अनुसार तिहारपछि अस्पतालको भवन निर्माणको ठेक्का प्रक्रिया सुरु हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad