अर्थ समितिका सभापति सन्तोष चालिसेले देशमा सबैभन्दा ठूलो आवश्यकता इमान्दारिता भएको बताएका छन्।
बुधबार सिंहदरबार वैद्यखानाको ३० औँ वार्षिकोत्सव समारोहमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले सिंहदरबार वैद्यखानालाई सबै मिलेर सञ्चालन गर्नुपर्ने पनि बताए।
‘सबैभन्दा महत्वपूर्ण कुरा ३७५ वर्षअघि स्थापना भएको, प्रताप मल्लले स्थापना गरेको, कुनैबेला १५० किसिमका औषधिहरू व्यापक रुपमा बन्ने गरेको संस्था आज धराशायी भएको छ। आजको सबैभन्दा ठूलो आवश्यकता भनेको इमान्दारिताको हो,’ उनले भने।
३७५ वर्षअघि स्थापना भएको सिंहदरबार वैद्यखाना अहिले धराशायी बन्नु दुःखद् भएको बताउँदै उनले १५० किसिमका औषधिहरू बनाउने वैद्यखाना अहिले शुन्य सरह बन्नु दुःख लागेको जिकिर गरे।
लामो समय धराशायी भएको संस्थालाई सञ्चालन गर्ने प्रयास गर्नु नै राम्रो कदम भएको उनको भनाइ थियो।
‘स्वास्थ्यमन्त्री प्रदीप पौडेल आएपछि तपाईंहरुले तीन महिनाको हिसाबकिताब निकाल्नुस्। धेरै समय धराशायी भएको चिजलाई चाँडो भन्दा चाँडो उठाएर दौडाउन सकिएन तर प्रयास ठूलो कुरा हो। आज प्रयास भएको छ। एउटा गर्ने व्यक्तिले अर्को गर्ने व्यक्तिलाई सहयोग गर्नुपर्छ। हामी सबैको भावनामा गरौँ भन्ने भाव पलाउनु पर्छ।’
Shares

प्रतिक्रिया