राजनीति


बालुवाटारबाट रास्वपाका ११ नेता–कार्यकर्ता गिरफ्तार

बालुवाटारबाट रास्वपाका ११ नेता–कार्यकर्ता गिरफ्तार

नेपालखबर
कात्तिक १३, २०८१ मंगलबार १२:१२, काठमाडौँ

प्रहरीले बालुवाटारमा विरोध प्रदर्शनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का झण्डै एक दर्जन नेता तथा कार्यकर्तालाई पक्राउ गरेको छ। 

पार्टीका कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले प्रहरीले शान्तिपूर्ण विरोध प्रदर्शनका क्रममा प्रहरीले ११ जना नेता तथा कार्यकर्तालाई गिरफ्तार गरेको बताएका छन्। 

उनका अनुसार राजनीतिक प्रतिशोध, अन्याय, बेथिति र भ्रष्टाचारविरुद्ध आज बालुवाटारमा विरोध प्रदर्शन गर्ने क्रममा बालुवाटारनजिक नेपाल हाउसको अगाडिबाट उनीहरू गिरफ्तारमा परेका छन्। 

‘शान्तिपूर्ण रूपमा उभिएर छलफल गर्दै गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका काठमाडौँ जिल्ला सभापति प्रदीप विष्ट, ललितपुर जिल्ला सभापति बुद्धरत्न महर्जन, राष्ट्रिय स्वतन्त्र पार्टीका सदस्य एवं शुभचिन्तकहरू खुसीराम कैनी, जयराम नेपाल, सुरेन्द्र अवाले, नवराज भण्डारी, सहिल प्रयास, उमेश लामा, नवराज मुडभरी, ध्रुव ढकाल र सवि खड्का गरी ११ जना गिरफ्तार गरेको छ’, उनले भने।

शान्तिपूर्ण विरोध प्रदर्शनको कार्यक्रमलाई बिथोल्ने गरी प्रहरी प्रशासनले दमन र गिरफ्तारी गरेको भन्दै रास्वपाले भर्त्सना गरेको छ। 

‘शान्तिपूर्ण विरोधका कार्यक्रम गर्न पाउने संवैधानिक हक हनन लोकतान्त्रिक मूल्य मान्यताको चरम उल्लङ्घन हो। यसका विरुद्ध डटेर शान्तिपूर्ण प्रदर्शनमा एक्यबद्धता गर्न सम्पूर्ण देशप्रेमीहरुमा अपिल गर्दछौँ’, विज्ञप्ति जारी गर्दै बुर्लाकोटीले भनेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad