कारोबार


मन्त्री भन्छन्- भौतिक पूर्वाधार र यातायातका संरचना नेपाली भूगोलअनुसार बनाउनुपर्छ

मन्त्री भन्छन्- भौतिक पूर्वाधार र यातायातका संरचना नेपाली भूगोलअनुसार बनाउनुपर्छ

फाइल तस्बिर


नेपालखबर
कात्तिक १३, २०८१ मंगलबार १२:२४, काठमाडौँ

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले संरचनाहरु नेपाली भूगोलअनुसार हुनुपर्ने बताएका छन्। 

अन्तर्राष्ट्रिय विपद् जोखिम न्यूनीकरण दिवसका अवसर नेपाल भूगर्भ समाजले मंगलबार काठमाडौंमा गरेको कार्यक्रमलाई सम्बोधनका क्रममा उनले अब बन्ने संरचनाहरु नेपाली भूगोल, माटो र भौगर्भिक बनावट सुहाउँदो हुनुपर्ने बताएका हुन्।

अबको पुस्तालाई ‍विपत्तिको सामना गर्नसक्ने ज्ञान र सीप हस्तान्तरण जरुरी रहेको बताए। मन्त्री दाहालले भूगर्भको अध्ययन र अनुसन्धान विश्वविद्यालय तथा शैक्षिक संस्थामा मात्र केन्द्रित नभई कार्यस्थलमा समेत कार्यान्वयन हुनुपर्नेमा जोड दिए। 

रोजगारी, उद्यमशीलता र अवसरहरुको सिर्जना गरी युवाहरुलाई स्वदेशमा नै रहने वातावरण बनाउन सरकार क्रियाशील रहेको भन्दै उनले स्वदेशमा युवाहरु रहे मात्र विपत्तिको बेलामा परिचालन गर्न सकिने बताए। 

नेपालको भौगर्भिक र वातावरणीय अध्ययन भविष्य लक्षित छन् कि छैनन्, संरचनाहरु निर्माणका डिजाइन उपयुक्त छन् कि छैनन्, प्रविधिले नेपाली माटो र भूगोल चिनेको छ कि छैन, विकासको मोडेल परिवर्तनको आवश्यकता हो कि होइन तथा  विपत्को सामना गर्न हाम्रो तयारी सक्षम छ कि छैन भनी विश्लेषण गर्नुपर्ने बेला आएको मन्त्री दाहालको भनाइ छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad