राजनीति


सरकारले नागरिकलाई सम्भावना र अवसरको वितरण गरिरहेको छ : गृहमन्त्री लेखक

सरकारले नागरिकलाई सम्भावना र अवसरको वितरण गरिरहेको छ : गृहमन्त्री लेखक

नेपालखबर
कात्तिक ११, २०८१ आइतबार १५:९, काठमाडौँ

गृहमन्त्री रमेश लेखकले लोकतन्त्रलाई अनुशासनको पद्धतिका रुपमा बुझ्न आग्रह गरेका छन्।

आइतवार काठमाडौंमा गैर आवासीय नेपाली संघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन्। उनले डेमोक्रेसीको ‘डि’सँगै अरु दुई वटा ‘डि’ को आवश्यक हुने बताए। लोकतन्त्रलाई चिरस्थायी बनाउन डिसिप्लेन र डिस्ट्रिब्युसनको ‘डि’ को आवश्यकता रहेको बताए।

उनले लोकतन्त्रलाई अराजकताको प्रणालीका रुपमा बुझ्दा लोकतन्त्र कमजोर हुने बताए।

मन्त्री लेखकले नागरिकका बीचमा सम्भावना र अवसरको वितरण गर्न आवश्यक रहेकाले वर्तमान सरकार सोही उद्देश्यलाई पूरा गर्न लागिरहेको दाबी गरे। नागरिकको बीचमा संविधानले वितरण गर्नुपर्ने राजनीतिक, आर्थिक, सामाजिक अधिकारको वितरणका साथै शिक्षा, स्वास्थ्य लगायतका अवसरहरुमा सरल, सुलभ पहुँचका व्यवस्थाहरुको वितरण आवश्यक रहेको बताए।

वर्तमान सरकार कसैका लागि मन्त्री बन्न र सरकार बनाउनकै लागि बनेको सरकार नभएको उनको भनाई थियो। उनले जनतामा भएको निराशा, चिन्ता चिर्न र आशामा बदल्नका लागि वर्तमान सरकार बनेको बताए।

उनले भने, ‘अहिलेको सरकार विशिष्ट उद्देश्यका साथ बनेको हो। सरकार बनाउनका लागि बनेको सरकार होइन। केही मानिसहरु मन्त्री हुनका लागि मात्रै बनेको सरकार होइन। जनतामा भएको निराशा, चिन्ता चिर्न र आशामा बदल्नका लागि बनेको हो।’

गृहमन्त्री लेखकले लोकतन्त्रलाई चिरस्थायी राजनीतिक पद्धतिका रुपमा अघि बढाउने उद्देश्यका साथ सरकार बनेको बताए। उनले आर्थिक उन्नति र विकास गर्न एनआरएनएहरुमा भएको सम्भावना देशभित्र उपयोग हुनुपर्ने धारणा राखे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad