मानवीय आधारमा थाई एयर एसियाको जहाजलाई काठमाडौंमा अवतरण गर्न दिइएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले यात्रु बोकेर आएको उक्त जहाजलाई अनुमति नहुँदा पनि मानवीय आधारमा अवतरण गर्न दिइएको जानकारी दिए।
उनले भने, ‘यात्रु बोकेर आएको रहेछ। उसको अनुमति समरभरलाई थियो जुन हिजो सकियो। विन्टर अनुमति लिएको छैन। मानवीय आधारमा ल्यान्ड गर्न दियौँ।’
अनुमतिबिना आएको उक्त जहाजले काठमाडौंको आकाशमा निकैपटक फन्को मारेको थियो। अन्ततः विमानस्थलले अवतरण गर्न दिएको हो।
बैंककबाट आएको थाई एयर एसियाको एफडी१८२ उडान झण्डै आधा घण्टा आकाशमै घुमेपछि २ः३८ मा अवतरण गरेको छ।
3.2k
Shares

प्रतिक्रिया