राजनीति


एआईसम्बन्धी राष्ट्रिय नीति बनाउँदै छौँ : प्रधानमन्त्री ओली

एआईसम्बन्धी राष्ट्रिय नीति बनाउँदै छौँ : प्रधानमन्त्री ओली

नेपालखबर
कात्तिक ११, २०८१ आइतबार १४:३७, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी राष्ट्रिय नीति बनाउने तयारी गरिरहेको बताएका छन्।

आइतबार काठमाडौँमा युवा संघ नेपालले आज आयोजना गरेको ‘आर्टिफिसियल इन्टेलिजेन्स् (एआई) सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन’ मा बोल्दै उनले यस्तो बताएका हुन्। 

एआईको स्टाटेजि प्लानको विषयको तयारी र एआईसम्बन्धी राष्ट्रिय नीति तयार गर्ने काममा सरकार रहेको बताउँदै उनले एआई विकास र मानिसका सुविधाका लागि प्रयोग हुनुपर्ने जिकिर गरे। 

‘आर्टिफिसियल इन्टेलिजेन्सले धेरै ठूलो मद्दत पुर्‍याएको छ, विकासका लागि। ठूलो सहयाग गरेको छ। सँगै यसले समाजमा मिस इन्फरमेसन, डिस इन्फरमेसन जस्ता कुराहरु फैल्याएर समाजमा द्वेष कलह भएको छ। यसको मिसयुजको सम्भावना र यसले समाजलाई अझ सभ्य, व्यवस्थ्ति, उन्नत र राम्रो हुनुपर्ने ठाउँमा कतिपय ठाउँमा विकृत र विसंगत पक्षहरुलाई यसले बढाएको देखिन्छ। यसको समाधान कसरी गर्ने, रोक्ने उपाय के होला। राम्रो पक्षको विकास गर्ने, राम्रो पक्षलाई बढाउने कुरामा लाग्नुपर्छ,’ प्रधानमन्त्री ओलीले भने।

एआईको गलत प्रयोग गरेर समाजमा विद्वेष फैल्याउने कामको भने कडा निगरानी हुन जरुरी रहेको बताउँदै प्रधानमन्त्री ओलीले एआईका गलत पक्षलाई छोडेर राम्रा पक्षहरु ग्रहण गर्न आवश्यक रहेको पनि बताए।

जीवनलाई सरल र सहज बनाउन एआईको उपयोग गर्नुपर्ने उनको भनाइ थियो। 

‘एआईको दुरुपयोगले मैले गाएको गीत, म नाचेको भिडिओ हेर्छु। मलाई गीत त गाउन आउँदैन। एआईले मेरो स्वरमा राम्रो गीत गाउँछ। यो मै हेरिरहेको छु। एआईलाई यसरी मिसयुज गर्नु हुँदैन। डिजिटल नेपाल भनेको यो खाली मोबाइलमा मात्रै काम हुन्छ भन्नेकुरा त होइन। हामी गाडीमा पुग्दा टाढैबाट ढोका खुल्छ। घरमा जाँदा पनि अनलक गर्न सकिन्छ,’ अफिसमा हाजिर गर्दा मान्छे चिन्छ। अनुहार चिन्छ। जीवनलाई सरल र सहज बनाउनुपर्छ। देशको विकासमा सहयोगी हुने उद्देश्यले एआईको प्रयोग गर्नुपर्छ। यसका केही खतराका पक्षहरू देख्दादेख्दै पनि राम्रा पक्षको प्रयोग गर्नुपर्छ। विकासका लागि हामीले डिजिटल नेपालको कन्सेप्ट अघि सारेको हो। एआईको स्ट«ाटेजी प्लानको विषयको तयारी र एआईसम्बन्धी राष्ट्रिय नीति तयार गर्ने काममा हामी छौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad