कला


डेनिला कार्कीले जितिन् ‘मिसेस नेपाल वर्ल्ड’ को उपाधि

डेनिला कार्कीले जितिन् ‘मिसेस नेपाल वर्ल्ड’ को उपाधि

नेपालखबर
कात्तिक ११, २०८१ आइतबार १४:४०, काठमाडौँ

‘मिसेस नेपाल वर्ल्ड २०२४’ को उपाधि डेनिला कार्कीले जितेकी छिन्। शनिबार राति भएको ग्रान्ड फिनालेमा कार्कीले ताज पहिरिएकी हुन्। 

माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला र अभिनेत्री बसुन्धरा भुषालले विजेता कार्कीलाई पुरस्कार प्रदान गरेका थिए। उनले अमेरिकामा हुने अन्तर्राष्ट्रिय मिसेस वर्ल्डमा नेपाललाई प्रतिनिधित्व गर्नेछिन्।

त्यसैगरी, मिसेस नेपाल इन्टरनेसनल सुयशा राउत घोषित हुँदा एमएस नेपाल इन्टरनेसनलको उपाधि रेश्मा घिमिरेले जितिन्। दुईले सिंगापुरमा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागि हुने अवसर पाउनेछन्।

फस्टरनरअप एलिन घिमिरे हुँदा किरण कार्की सेकेन्ड रनरअप र अनु कार्की थर्ड रनरअप घोषित भइन्।

त्यसैगरी, अछामकी नानु सिंह भ्युर्स च्वाइस अवार्ड जित्न सफल भइन्। उनी चर्चित टिकटकर आयुश सिंह ठकुरीकी आमा हुन्। रिबन इन्टरटेनमेन्टले यस प्रतियोगिताको आयोजना गरेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad