राजनीति


काठमाडौँमा माओवादी केन्द्रको खबरदारी जुलुस सुरू

काठमाडौँमा माओवादी केन्द्रको खबरदारी जुलुस सुरू

माओवादीको खबरदारी सभाअघि निकालिएको जुलुस। तस्बिरः बुद्ध लोप्चन


नेपालखबर
कात्तिक १०, २०८१ शनिबार १२:२५, काठमाडौँ

नेकपा माओवादी केन्द्रले आज काठमाडौँमा आयोजना गर्न लागेको खबरदारी सभाअघि खबरदारी जुलुस  सुरु भएको छ। 

भ्रष्टाचार  र बेथितिविरुद्ध माओवादी केन्द्र बामगती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेश समितिको अगुवाईमा जुलुस सुरु भएको हो। 

सुन्धाराबाट सुरु भएको जुलुस रत्नपार्क, बागबजारहुँदै प्रदर्शनीमार्गमा पुगेर खबरदारीसभामा परिणत हुनेछ। सभालाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ।

माओवादी केन्द्रले १० बुँदे एजेण्डासहित  प्रदर्शन र खबरदारी सभा गर्दैछ।

विपत् व्यवस्थापनमा देखिएको सरकारको असंवेदनशीलता, भ्रष्टाचारजन्य गतिबिधिलाई सार्वजनिक संस्थाहरुमाथिको हस्तक्षेप तथा निजीकरण, बढ्दो बजारभाउ र कालोबजारी नियन्त्रणका लागि दबाब दिन खबरदारी सभा आयोजना गर्न लागिएको माओवादी केन्द्रले जनाएको छ। 

No description available.No description available.No description available.

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad