राजनीति


सिहंदरबार वैद्यखानाबाट ४० किसिमका औषधिको उत्पादनको हुँदैछ : स्वास्थ्यमन्त्री पौडेल

सिहंदरबार वैद्यखानाबाट ४० किसिमका औषधिको उत्पादनको हुँदैछ : स्वास्थ्यमन्त्री पौडेल

नेपालखबर
कात्तिक ८, २०८१ बिहिबार १७:१, काठमाडौँ

सरकारले सिहंदरबार वैद्यखानाबाट ४० किसिमका औषधिको उत्पादनको तयारी गरेको छ।

बिहीवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री पौडेलले सिहंदरबार वैद्यखानामा हाल १३ किसिमका आयुर्वेद औषधि उत्पादन भइरहेको र ४० किसिमका औषधिको उत्पादनको तयारी गरिएको जानकारी दिए।

उनले सय दिनमा आफूले संघीय अस्पतालका उपकरणहरुको मर्मत सम्भारका लागि राष्ट्रिय आविष्कार केन्द्रसँग सम्झौता गरी अस्पतालका उपकरणहरुको मर्मत कार्य शुरु गरेको बताए।

शहीद गंगालाल हृदय केन्द्र, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल र कान्ती बाल अस्पतालका बिग्रिएका उपकरणको मर्मत सम्भार अहिले जारी रहेको मन्त्री पौडेलले बताए।

उनले हालसम्म ४ सय भन्दा बढी सामग्रीको मर्मतसम्भार भएको तथा मर्मतसम्भार गर्नुपर्ने आवश्यक उपकरणको इन्भेन्ट्री तयार भएको जानकारी दिए।

मन्त्री पौडेलले औजार उपकरणको सदुपयोग एवं व्यवस्थापनका लागि कार्य योजना तयार गर्न एक उच्चस्तरीय कार्यदल गठन भइ कार्य भइरहेको बताए।

मन्त्री पौडेलकाअनुसार औषधि ऐनको प्रतिस्थापन विधेयक र एकीकृत स्वास्थ्य सेवा ऐन तर्जुमाका लागि अवधारणा पत्र स्वीकृतिका लागि कानून न्याय तथा संसदीय व्यवस्था मन्त्रालयमा पठाइएको, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा ऐन संशोधन, सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य ऐनमा समय सापेक्षित संशोधनलाई मन्त्रिपरिषदमा स्वीकृतिका लागि पठाउनुपूर्व सम्बन्धित निकायहरुमा राय/सहमतिका लागि पठाइएको र आयुर्वेद तथा वैकल्पिक चिकित्सा सेवा रणनीति तर्जुमाका लागि निर्देशक एवं प्राविधिक कार्यसमिति गठन भई कार्य प्रारम्भ भएको छ।

मन्त्री पौडेलले अन्तर्राष्ट्रिय प्रतियोगितामा देशको प्रतिनिधित्व गर्ने खेलाडीहरुको शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा वार्षिक स्वास्थ्य परीक्षण निःशुल्क उपलब्ध गराउने गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय र शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रबीच त्रिपक्षीय सम्झौता गरी सेवा प्रारम्भ भएको बताए।

स्वास्थ्य बीमा कार्यक्रमको दायरा विस्तार सहितको पूनर्संरचनाको प्रारुप तयार गर्न डा. शम्भू आचार्यको संयोजकत्वमा एक उच्च स्तरीय कार्यदल गठन भई समितिबाट कार्य भइरहेको बताए।

मन्त्री पौडेलले सय दिनभित्र आफूले वीर अस्पतालमा १५ शैय्याको जलन उपचार वार्ड पुनः सञ्चालन गरी सघन जलन उपचार सेवा निःशुल्क शुरुवात गरेको, सातै प्रदेशबाट हुनेगरी बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, नारायणी अस्पताल वीरगञ्ज, कीर्तिपुर अस्पताल कीर्तिपुर, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा, भेरी अस्पताल नेपालगञ्ज, सुर्खेत प्रादेशिक अस्पताल, वीरेन्द्रनगर र सेती प्रादेशिक अस्पताल, धनगढीमा उपचार खर्च व्यहोर्न नसक्ने नागरिकका लागि कस्मेटिक बाहेक सघन जलन उपचार निःशुल्क हुने व्यवस्था मिलाएको बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad