ग्लोबल


लेबनानमा हिजबुल्लाहको गुप्तचर मुख्यालयलाई निशाना बनाएको इजरायलको दाबी (तस्बिर)

लेबनानमा हिजबुल्लाहको गुप्तचर मुख्यालयलाई निशाना बनाएको इजरायलको दाबी (तस्बिर)

इजरायलले बेरुतमा आक्रमण गरेको छ।


नेपालखबर
कात्तिक ४, २०८१ आइतबार २०:४८, काठमाडौँ

इजरायली सेनाले लेबनानको राजधानी बेरुतमा रहेको हिजबुल्लाहको गुप्तचर मुख्यालयलाई निशाना बनाएको दाबी गरेको छ।

इजरायली सेनाले जारी गरेको विज्ञप्तिमा आइतबार बिहान  इजरायली वायुसेनाले गोप्य सूचनाका आधारमा हिजबुल्लाहको गुप्तचर मुख्यालयको एक कमान्ड सेन्टर र भूमिगत हतियार निर्माण गर्ने ठाउँमा आक्रमण गरेको दाबी गरिएको छ। 

विज्ञप्तिमा अगाडि भनिएको छ- सेनाले नागरिकको हताहती रोक्न धेरै उपाय अपनाएको छ- स्थानीय बासिन्दालाई प्रारम्भिक चेतावनी जारी गर्नेसहित।

इजरायलले दाबी गरेको छ- हाम्रो वायुसेनाले अल-हज अब्बास सलामामा मारेको छ, जसलाई सेनाले हिजबुल्लाहको दक्षिणी मोर्चाका वरिष्ठ कमान्डरका रूपमा वर्णन गरेको छ।

यस्तै इजरायली सेनाले रादा अब्बास अवदा र अहमद अली हुसैन पनि मारिएको बताएको छ। विज्ञप्तिअनुसार अवदा हिजबुल्लाहका वरिष्ठ सञ्चार विशेषज्ञ थिए भने हुसेन हतियार निर्माण एकाइ प्रमुख।

हिजबुल्लाहले भने यस विषयमा अहिलेसम्म कुनै प्रतिक्रिया नदिएको बीबीसीले जनाएको छ। 

इजरायलले बेरुतमा गरेका हमलाका थप तस्बिर-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad