राजनीति


प्रचण्डसँग जनार्दनको प्रस्ताव– तितरवितर भएका सबै माओवादीसँग एकता गरौं

प्रचण्डसँग जनार्दनको प्रस्ताव– तितरवितर भएका सबै माओवादीसँग एकता गरौं

फाइल तस्बिर


नेपालखबर
कात्तिक ३, २०८१ शनिबार १३:२६, काठमाडौँ

नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले विभिन्न कारणले छरिएका सबै माओवादीसँग एकता गर्नुपर्ने प्रस्ताव गरेका छन्। शनिबार चितवनमा आयोजित ‘बेपत्ता यौद्वा दन्डपाणी न्यौपाने स्मृति साँस्कृतिक कार्यक्रम’मा उनले आफ्नो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई यस्तो प्रस्ताव गरेका हुन्।

‘अबको समाजवादी क्रान्तिलाई कसरी नयाँ ढंगले अगाडि बढाउने भन्नेबारेमा विप्लव, घनश्याम भुसालजीसँग छलफल पनि भयो,’ शर्माले भने, ‘म अध्यक्ष कमरेडसँग के आग्रह गर्न चाहान्छु भने अब हामी माओवादी आन्दोलन र वास्तविक कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्नका लागि हामीले नयाँ ढंगले सोच्न जरुरी छ। त्यसका लागि केही सैद्दान्तिक, केही व्यवहारिक असन्तुष्टिका कारणले तितरवितरण भएको माओवादी आन्दोलनलाई फेरि एकतावद्ध गर्नका लागि हामीले हामीले ठूलो छाती गर्नुपर्छ। हामीले त्याग गर्नसक्नुपर्छ।’ 

उनले अगाडि भने, ‘हामीले सबैलाई समेट्न सक्नुपर्छ। किरणजीलाई, बाबुरामजीलाई। विप्लवजीसँग त कुरा भएकै छ। गोपाल किराती हुनुहुन्छ। विश्वभक्त जी। धर्मेन्द्र बास्तोला लगायत विभक्त माओवादी आन्दोलनलाई पहिले संगठित गरौं। यो प्रस्ताव म गर्न चाहान्छु। सँगैसँगै अरु वामपन्थीहरुलाई पनि एकतावद्ध गरेर समाजवादी आन्दोलनलाई अगाडि लैजानुपर्छ।’

कार्यक्रममा प्रचण्ड र नेकपा महासचिव नेक्रविक्रम चन्द्र ‘विप्लव’ पनि सम्बोधन गर्दैछन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad