पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेलाई आइतबार अदालत उपस्थित गराइने भएको छ। शुक्रबार काठमाडौँबाट पक्राउ गरेर राति नै लामिछानेलाई पोखरा पुर्याइँदैछ।
भोलि (शनिबार) अदालत बिदा हुने भएकाले आइतबार मात्रै उनलाई म्याद थपका लागि अदालत लगिने भएको हो।
लामिछानेलाई ठगी र संगठित अपराधमा अनुसन्धान गर्नका लागि शुक्रबार अदालतले पक्राउ गर्न अनुमति दिएको थियो।
अदालतको अनुमतिलगत्तै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले लामिछानेलाई पार्टी कार्यालय, वनस्थलीबाट पक्राउ गरेको थियो।
सूर्यदर्शन सहकारी ठगीको पुरक जाहेरीपछि पूर्वडीआईजी छविलाल जोशीलाई गत असोज ६ गते काठमाडौँको नयाँबानेश्वरबाट पक्राउ गरेर पोखरा लगिएको थियो।
२७ दिनदेखि जोशी हिरासतमै छन्। शुक्रबार रविलाई पक्राउ गर्नुअघि उनलाई थप ५ दिन हिरासतमै राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ।
रविलाई पनि शुक्रबारबाटै गणना हुनेगरी अदालतले ५ दिन म्याद थप गर्ने सम्भावना छ। त्यसपछि प्रहरीले उनीमाथि बयान लगायतका अनुसन्धान गर्नेछ।
Shares

प्रतिक्रिया