सरकारले संक्रमणकालीन सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग गठनका लागि सिफारिस समिति गठन गरेको छ।
पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको नेतृत्वमा ५ सदस्यीय समिति गठन गरेको एक मन्त्रीले नेपालखबरलाई जानकारी दिए।
बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको तीन दलका शीर्ष नेताहरूको बैठकले सिफारिस समिति टुंग्याउने निर्णय गरेको थियो।
यसअघि पनि मिश्रकै नेतृत्वमा समिति गठन गरिएको थियो। तरपनि आयोगहरूमा पदाधिकारी सिफारिस गर्न सकेको थिएन।
उक्त सिफारिस समितिमा राष्ट्रिय मानव अधिकार आयोगले आफ्नो तर्फबाट प्रतिनिधि समेत पठाएको थिएन।
संक्रमणकालीन न्यायसम्बन्धी दुवै आयोगमा पदाधिकारी नियुक्त गर्न पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा सिफारिस समिति बनाउनुपर्ने कानुनी व्यवस्था छ।
1.4k
Shares

प्रतिक्रिया