राजनीति


संसद् भवनमा विपक्षी दलको बैठक

संसद् भवनमा विपक्षी दलको बैठक

नेपालखबर
कात्तिक २, २०८१ शुक्रबार १०:३३, काठमाडौँ

संसद्का विपक्षी दलहरुको बैठक अहिले संसद् भवन नयाँ बानेश्वरमा बसिरहेको छ। 

प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद्का‍ प्रतिपक्षी दलहरूको बैठक बोलाएका हुन्। 

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा अहिले विपक्षी दलहरुको बैठक जारी रहेको प्रचण्डको सचिवालयले जनाएको छ।  

बैठकमा समसामयिक राजनीतिक विषय र बाढीपहिरोपछिको अवस्थाबारे छलफल हुने नेताहरुले बताएका छन्।  

बैठकमा माओवादी केन्द्र, रास्वपा, राप्रपा, एकीकृत समाजवादी, लोसपा र आजपाका शीर्ष नेता सहभागी छन्।

बाढीपहिरो पीडितलाई राहत र पुनस्र्थापनाको लागि सरकारले तदारुकता नदेखाएको आरोप विपक्षी दलहरुले लगाउँदै आएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad