राजनीति


दलहरूलाई आयोगको निर्देशन- महिला उम्मेदवार रहने गरी मनोनयन पत्र पेस गर्नू

दलहरूलाई आयोगको निर्देशन- महिला उम्मेदवार रहने गरी मनोनयन पत्र पेस गर्नू

नेपालखबर
कात्तिक १, २०८१ बिहिबार १५:२५, काठमाडौँ

आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा महिला उम्मेदवार रहनेगरी मनोनयन पत्र पेस गर्न निर्वाचन आयोगले राजनीतिक दलहरूलाई निर्देशन दिएको छ।

बिहीबार आयोगका सहसचिव एवं प्रवक्ता नारायण प्रसाद सापकोटाले जारी गरेको विज्ञप्ति अनुसार, गत असोज ३० गते बसेको बैठकले यस्तो निर्देशन दिने निर्णय गरेको हो। 

स्थानीय तहको उपनिर्वाचनमा रिक्त रहेका गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष, नगरपालिकाको प्रमुख र उपप्रमुख तथा जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुख पदमा स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा १७ को उपदफा (४) बमोजिम उम्मेदवारको मनोनयन पत्र पेस गर्दा गाउँपालिकाको अध्यक्ष वा उपाध्यक्ष, नगरपालिकाको प्रमुख वा उपप्रमुख तथा जिल्ला समन्वय समितिको प्रमुख वा उपप्रमुख पदमा संवत् २०७९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा पुरुष उम्मेदवार निर्वाचित भई कार्यभार सम्हाली रहेको स्थानीय तहमा रिक्त रहेको गाउँपालिकाको अध्यक्ष वा उपाध्यक्ष, नगरपालिकाको प्रमुख वा उपप्रमुख तथा जिल्ला समन्वय समितिको प्रमुख वा उपप्रमुख पदमा उम्मेदवारी दिने राजनीतिक दलले महिला उमेदवार रहने गरी मनोनयन पत्र पेस गर्न उपनिर्वाचन प्रयोजनका लागि आयोगमा दर्ता भएका राजनीतिक दललाई स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६७ बमोजिम निर्देशन दिएको छ,’ आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

उपनिर्वाचनका लागि २५ वटा दल निर्वाचन आयोगमा दर्ता भएका छन्।

गत आम निर्वाचनबाट राष्ट्रिय राजनीतिमै प्रभाव पार्ने गरी उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० पहिलोपल्ट स्थानीय चुनाव भिड्दै छ।

प्रदेश सभाको चुनावमा भने रास्वपा अहिलेसम्म सहभागी भएको छैन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad