राजनीति


सरकार परिवर्तनको हल्ला गर्नेलाई ओलीको प्रश्न- ०८४ को दसैँपछि?

सरकार परिवर्तनको हल्ला गर्नेलाई ओलीको प्रश्न- ०८४ को दसैँपछि?

नेपालखबर
असोज ३०, २०८१ बुधबार १८:३८, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार परिवर्तनबारे विभिन्न हल्ला भइरहेको भन्दै त्यसमा नलाग्न आग्रह गरेका छन्। 

बुधबार ६९ औँ प्रहरी दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन्। 

‘कुनै प्रकारका भ्रमहरूमा नपर्न म आग्रह गर्न चाहन्छु। अहिले दिनैपिच्छे सरकार परिवर्तन हुन्छ भन्ने कुरा पनि सुनिन्छ। दसैँपछि तुरुन्तै परिवर्तन हुन्छ भन्ने पनि सुनिए,’ उनले भने, ‘०८४ सालको दसैँपछिको चुनावमा?’

प्रधानमन्त्री ओलीले आफूले १ वर्ष ९ महिना र त्यसपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेतृत्व गर्ने पनि जिकिर गरे। 

‘मैले १ वर्ष ९ महिना र त्यसपछि शेरबहादुरजीलाई भनेर मैले पहिल्यै भनेको छु। त्यसपछि आफैँ फेरिन्छ यो सरकार। चुनावपछि उहाँले चुनावसम्म सरकार चलाउनुहुन्छ,’ उनले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad