कारोबार


शिवम् होल्डिङग्स लिमिटेडले ११ करोड ६० लाख नगद लाभांश वितरण गर्ने

शिवम् होल्डिङग्स लिमिटेडले ११ करोड ६० लाख नगद लाभांश वितरण गर्ने

नेपालखबर
असोज ३०, २०८१ बुधबार १९:३, काठमाडौँ

शिवम् सिमेन्ट्स लिमिटेडको करिब ८५ प्रतिशत सेयर लगानी रहेको सहायक कम्पनी शिवम् होल्डिङग्स लिमिटेडले ११ करोड ६० लाख नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।

आज (असोज ३० गते) सम्पन्न आर्थिक वर्ष २०८०/०८१ को वार्षिक साधारण सभामा सो प्रस्ताव पारित भएको हो।

शिवम् होल्डिङग्स लिमिटेडका सञ्चालक समितिका अध्यक्ष शिवरतन शारडाको अध्यक्षतामा बसेको वार्षिक साधारण सभाले कम्पनीमा हाल कायम सेयर धनीहरूलाई ११ करोड ६० लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको कम्पनीले जनाएको छ।

यस्तै, आव २०८/०८१ को वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन विवरण पारित गर्दै, कम्पनीको आव २०८१/०८२ को लेखापरीक्षण गर्न लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धी कम्पनी सञ्चालक समितिले प्रस्ताव गरेका सबै प्रस्तावहरू साधारण सभाबाट सर्वसम्मत रुपमा पारित भएको छ।

शिवम् होल्डिङग्स लिमिटेड कम्पनीले नेपालकै सबैभन्दा ठूलो उत्पादन क्षमता भएको चिनियाँ विदेशी लगानी समेतबाट स्थापना भई पूर्ण क्षमतामा सञ्चालनमा रहेको होङ्शी शिवम् सिमेन्ट प्रालिको उद्योगमा ३० प्रतिशत सेयर लगानी गरेको छ।

उक्त उद्योगका अलावा अन्य पूर्वाधार निर्माण र जल विद्युत परियोजनाहरूमा समेत लगानी गर्नका लागि प्रारम्भिक सम्झौता गरी लगानी विस्तार र लगानी विविधिकरणका योजनाहरू अगाडि बढाएको कम्पनीको भनाई छ।

त्यसै गरी शिवम् होल्डिङग्स लिमिटेड कम्पनीले जारी पूँजीको २० प्रतिशत बराबर हुन आउने सेयरहरू सर्व साधारणलाई नेपाल धितोपत्र बोर्डको स्वीकृति लिई प्रिमियम मूल्यमा सार्वजनिक निष्कासन गर्नाका लागि नेपाल धितोपत्र बोर्ड समक्ष निवेदन दर्ता गरिसकेको छ।

नेपाल धितोपत्र बोर्डको स्वीकृति प्राप्त भए पश्चात नियमानुसार सर्वसाधारणमा सार्वजनिक निष्कासन मार्फत संकलन हुने रकम समेतबाट मुनाफा आर्जन हुने थप अन्य परियोजनाहरूमा समेत लगानी गर्ने कम्पनीले बुधबार जारी विज्ञप्तिमार्फत जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad