बाढीपहिरोमा परेर घाइते भएकाहरूलाई भेट्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड धुलिखेल अस्पताल पुगेका छन्।
पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्ड बुधबार काभ्रेको धुलिखेल पुगेर घाइतेहरूसँग भेट गरेका हुन्।
अध्यक्ष प्रचण्डले घाइतेको अवस्थाबारे जानकारी लिँदै सहयोगका लागि आवश्यक पहल सरकारसँग गर्ने प्रतिबद्धता जनाएका छन्।
यसअघि हिजो (मंगलबार) अध्यक्ष प्रचण्ड ललितपुरको नख्खु पुगेर बाढीपहिरो प्रभावितसँग भेट गरेका थिए।
33
Shares
प्रतिक्रिया