बाढीपहिरोमा परेर ज्यान गुमाएकाका परिवारलाई सरकारले जनही २ लाख रुपैयाँ दिने निर्णय गरेको छ। सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय भएको एक मन्त्रीले जानकारी दिए।
सोमबार दिउँसोमात्रै अमेरिकाबाट फर्किएका प्रधानमन्त्री ओलीले लगत्तै मन्त्रिपरिषद् बैठक राखेका थिए।
उक्त बैठकले प्राकृतिक विपदका कारण मृत्यु हुनेको परिवारलाई सो राहत रकम दिने निर्णय लिएको हो।
165
Shares

प्रतिक्रिया