ad ad

राजनीति


अखिल क्रान्तिकारीको २३औँ राष्ट्रिय सम्मेलन आजदेखि, प्रचण्डले उद्घाटन गर्ने

असोज ११ देखि बन्दसत्र, १४ गते मतदान
अखिल क्रान्तिकारीको २३औँ राष्ट्रिय सम्मेलन आजदेखि, प्रचण्डले उद्घाटन गर्ने

अध्यक्ष पदका आकांक्षी


नेपालखबर
असोज १०, २०८१ बिहिबार ७:८, काठमाडौँ

नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) को २३औँ राष्ट्रिय सम्मेलन आज (असोज १० गते) काठमाडौँमा सुरु हुँदै छ। 

त्रिभुवन विश्वविद्यालयको स्मृति हलमा आयोजना हुने सम्मेलन दिउँसो १ बजे नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन कार्यक्रम छ। 

आयोजकका अनुसार असोज ११ गते बिहान ८ बजे बन्दसत्र सुरु हुनेछ। उक्त दिन विधान तथा प्रतिवेदन पेस हुनेछ। 

यसपछि समूह विभाजन गरी छलफलका लागि बन्दसत्र खुला गरिनेछ। 

असोज १२ गते बिहान ८ बजेदेखि विधान प्रतिवेदनबारे समूहगत छलफल, निष्कर्ष तथा रिपोर्टिङ गरिनेछ। 

सोही दिन प्रतिनिधिहरूको नामावली निर्वाचन समितिले सार्वजनिक गर्नेछ। 

यसपछि असोज १३ गते बिहान ८ बजे निर्वाचन कार्यक्रम सुरु हुनेछ भने असोज १४ गते बिहान ८ बजेदेखि मतदान थालिनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .