ad ad

कर्णाली


वर्षाका कारण पहिरो खस्दा कर्णाली राजमार्ग बिहानैदेखि बन्द

वर्षाका कारण पहिरो खस्दा कर्णाली राजमार्ग बिहानैदेखि बन्द

फाइल तस्बिर : कर्णाली राजमार्गअन्तर्गत गगने खोला


नेपालखबर
असोज १०, २०८१ बिहिबार ७:२५, सुर्खेत

वर्षाका कारण गएराति पहिरो जाँदा कर्णाली राजमार्ग बन्द भएको छ। 

कालिकोटको शुभकालिका गाउँपालिका गगने खोलामा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो। 

जिल्ला ट्राफिक प्रहरी कार्यालय कालिकोटका अनुसार सो राजमार्गमा आज (बिहीबार) बिहानैदेखि सवारीसाधन चल्न सकेका छैनन्। 

प्रहरीका अनुसार कर्णाली राजमार्गको कालिकोट सडकखण्डको विभित्र ठाउँमा पहिरा खसेका छन्। 

सडक डिभिजन कार्यालय जुम्लाले पहिरो हटाउन स्काभेटर पठाइसकिएको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .